प्रतिकूल मौसमका कारण गोमा एयरको विमान दुर्घटना : प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रतिकूल मौसमका कारण गोमा एयरको विमान दुर्घटना : प्रतिवेदन

फाइल तस्बिर

काठमाडौं, २९ मंसिर । प्रतिकूल मौसमका कारण गोमा एयरको विमान सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल नजिक दुर्घटना भएको खुलासा भएको छ ।

विमान दुर्घटनापछि गठित छानबिन आयोगले विमान दुर्घटना हुनुमा प्रतिकूल मौसम नै मुख्य कारण भएको प्रतिवेदन तयार पारी शुक्रबार सरकारलाई बुझाएको हो ।

सरकारले विमान दुर्घटनाको कारण खोजी गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा ५ सदस्यीय छानवीन समिति गठन गरेको थियो ।

समितिका सदस्य सचिव सुरेश आचार्यले मौसममा एक्कासी परिवर्तन हुँदा विमान दुर्घटना हुन गएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिए ।

एक्कासी मौसम प्रतिकूल भईदिँदा अवतरणको संवेदनशील क्षणमा पुगेको विमानलाई दुर्घटना हुनबाट जोगाउन नसकिएको छानवीन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत जेठ १३ गते शनिवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान भरेको सो विमान तेन्जिङ हिलारी विमानस्थलको धावन मार्गमा नपुग्दै दुर्घटनाग्रस्त हुँदा चालक दलका २ जना पाईलट र कोपाईलटको निधन भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);