गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना

१३ जेठ, काठमाडौं । सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा घाइते क्याप्टेन पारस कुमार राईको मृत्यु भएको छ ।

पाइलट राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राईको लुक्ला स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको थियो । दुर्घटनामा परी घाइते भएका विमान सहचालक सृजन मानन्धर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी माधव बुढाथोकीका अनुसार अनुसार विमान परिचारिका प्रज्ञा महर्जनको उद्दार गरी अस्पताल पठाइएको छ । गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना भएको थियो । गोमा एयरका अनुसार विमान अवरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानमा ३ जना चालक दलका सदस्य थिए । नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको जनाईको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);