हुम्लाको सिमिकोटमा तारा एयरको विमान दुर्घटना, ५ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १२ मंसिर । हुम्लाको सिमिकोटमा तारा एयरको विमान दुर्घटना भएको छ। मंगलबार बिहान विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि ९एन एबीएम कलसाइनको विमान दुर्घटनामा परेको हो।

दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। विमानका चालकसहित केही यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार ४–५ जनाको अवस्था गम्भीर छ। विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको थियो।

दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय बसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);