हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

काठमाडौं, १२ मंसिर । हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना भएको छ। आज मंगलबार बिहान विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो।

दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा पाइलट र एक स्टाफ घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण भने आईसकेको छैन।