मकालु एयरको विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मकालु एयरको विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु

makalu air

काठमाडौं, २ जेठ । मकालु एयरको नाइन एन ए जे यु विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।

सुर्खेतबाट खाद्यान्न लगायतका सामान बोकेर हुम्लाको सिमिकोट उडेको विमान खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको हो । विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको दुर्घटनामा परि मृत्यु भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले उज्यालोलाई जानकारी दिनुभयो । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);