९८ जना यात्रु सहितको विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

९८ जना यात्रु सहितको विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

Kazakhstan Plane Crash

एजेन्सी, ११ पुस । कजाखस्तानमा ९८ जना यात्रु सहितको एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै दुर्घटनाभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । आपत्कालीन सेवाका कर्मचारीहरूले दुर्घटनास्थलबाट १४ जनाको शव निकालीएको बताएका छन् ।

दुर्घटनामा बालबालिकासंगै घाइते भएका ६० जनालाई उपचारका लागि अस्पताल पु¥याइएको छ । उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो ।

अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य सवार थिए । विमान एउटा दुईतले भवनमा ठोक्किएर दुर्घटना भएकोे अल्माटी विमानस्थलले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);