रुसमा विमान दुर्घटनामा ७१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रुसमा विमान दुर्घटनामा ७१ जनाको मृत्यु

russian biman

काठमाडौं, २९ माघ । रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट उडेको विमानमा रहेका ६५ जना यात्रु र चालक दलका ६ जना सदस्यको मृत्यु भएको हो ।

काजकस्तानको सीमा क्षेत्र युरेल्सका लागि उडेको साराटोभ एयरलाइन्सको एन्टोनभ एन–१४८ विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त भएको हो । उडान भरेको दुई मिनेटमै राडार सम्पर्कबाट हराएको विमान लगत्तै दुर्घटना भएको हो । पाइलटले विमानमा खराबी आएको भन्दै आपतकालीन अवतरण गर्न खोजेका थिए ।

विमान दुर्घटनाग्रस्त भएकोमा राष्ट्रपति भ्लादिमिर पुटिनले अनुसन्धान गर्न निर्देशन दिएका छन । उनले दुर्घटनामा परेका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन । रुसमा हालैका वर्षमा दुई ठूला जहाज दुर्घटना भएका छन् । सन् २०१६ मा भएको दुर्घटनामा ९२ र २०१५ मा भएको दुर्घटनामा २२४ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);