सिरियामा लाखौ मानिसहरु विस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सिरियामा लाखौ मानिसहरु विस्थापित

एजेन्सी, २८ माघ । सिरियाको गृहयुद्ध चर्किदै जाँदा लाखौ मानिसहरु विस्थापित भएका छन । सिरियाको सेनाले शनिवार रकेट लंचर हानेर इजरायली लडाकु विमान एफ –१६ खसाले पछि इजरायल क्रुद्ध बनेको छ ।

जमिनमा खसालेका ती बिमानका दुइ चालक प्यारासुटको सहयोगमा जमिनमा आउन सफल भए । सिरियाली बायूसेनाले इजरायली विमान माथि आक्रमण गरेपछि उक्त विमान आकाशमै नष्ट भएको थियो । यसैबीच इजरायलका प्धानमन्त्री बेन्जामीन नेतान्याहुले आफनो देश कुनै पनि आक्रमणको बिरुद्ध रहेको जनाउदै सिरियाको कुनै पनि कारवाहीको जवाफ दिने चेतावनी दिएका छन ।

सिरिया र इजरायलको सीमामा इजरायल संम्भाबित आक्रमणको प्रतिकार गर्न तयारी अवस्थामा रहेको संचारमाध्ययमहरुले जनाएका छन । उता सिरियाली सेनाको आक्रमणमा परि बाँचेका इजरायली बिमानका २ जना चालकहरु अस्पतालमा उपचार गराइरहेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);