इजरायली मिसाइल आक्रमणमा २ सिरियाली सैनिक घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

इजरायली मिसाइल आक्रमणमा २ सिरियाली सैनिक घाइते

एजेन्सी,३ पुस । सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुई सैनिक घाइते भएको सिरियाली सेनाले जनाएको छ । आक्रमण सिरियाली गोलान हाइट्सको दिशाबाट शुरु गरिएको थियो ।

यसैबीच युद्ध पर्यवेक्षक सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इजरायली हवाई हमलामा दुई अज्ञात व्यक्तिहरू मसाकिन अल–दिमासको आवासीय क्षेत्र र दमास्कसको उत्तरपश्चिममा कुदसया उपनगरमा रहेको सैन्य साइटहरूमा मारिएको बताएको छ ।

इजरायली क्षेप्यास्त्रहरूले दमास्कसको दक्षिणी भागमा रहेको सइदा जेनाब क्षेत्र नजिकै लेबनानी हिजबुल्लाह लडाकु समूहसँग सम्बन्धित सैन्य स्थानहरूलाई पनि निशाना बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);