रुसको सैन्य विमान सिरियामा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

रुसको सैन्य विमान सिरियामा आक्रमण

biman

एजेन्सी,२१ माघ । रुसको सैन्य विमानमाथि सिरियामा आक्रमण भएको छ । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इदलिब प्रान्तमा रुसी विमानमाथि आक्रमण भएको हो । विमान जमिनमा खसालिएको छ । विमान खस्दा हाम फोर ज्यान जोगाएका पाइलटलाई जमिनमा आक्रमण गरी मारिएको रुसले जनाएको छ ।

अलकायदासँग सम्बन्ध रहेको ह्यात तहरिर अल शाम नामक समूहले विमान खसालेको बताइएको छ । आफ्नो सैन्य विमान खसालिएपछि रुसले सिरियाको सहयोगमा इदलिब क्षेत्रमा विद्रोहीविरुद्धको आक्रमणलाई तिब्रता दिएको छ । सिरियाले रुसी सहयोगमा गत डिसेम्बरदेखि विद्रोहीविरुद्ध हवाई आक्रमण गरेका कारण लाखौं मानिस विस्थापित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);