राष्ट्रपति निर्वाचनमा एफबीआइले गरेको अनुसन्धानको विवादित कागजपत्र तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति निर्वाचनमा एफबीआइले गरेको अनुसन्धानको विवादित कागजपत्र तयार

एजेन्सी,२० माघ । अमेरिकी कांग्रेसले राष्ट्रपति निर्वाचनका क्रममा अमेरिकी गुप्तचर निकाय एफबीआइले गरेको अनुसन्धानको विवादित कागजपत्र तयार पारेको छ ।

अमेरिकी कांग्रेसले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकी गुप्तचर निकाय एफबीआईमाथि अधिकारको दुरुपयोग गरेको आरोप लगाइएसँगै नयाँ राजनीतिक तरंग पैदा भएको छ ।

सो कागजात सन् २०१६ मा भएका अमेरिकी राष्ट्रपति चुनावमा रुसले गरेको हस्तक्षेपबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुसन्धानसँग सम्बन्धित रहेको छ । यो प्रतिवेदन रिपब्लिकन पार्टीका सांसदले तयार पारेको हो । डेमोक्रेटिक पार्टी यो कागजातलाई सार्वजनिक गर्न रोक्ने पक्षमा छ ।

डेमोक्रेटिक पार्टीले गुप्त जानकारीमा आधारित यो ज्ञापन सार्वजनिक गरिए ट्रम्पको विरुद्ध जारी अनुसन्धान भड्कने बताएको छ । डेमोक्रेटको विरोधकैबीच कंग्रेसका सभामुख रिपब्लिकन पार्टीका पर्ल रायनले प्रतिवेदन सार्वजनिक गर्दा अनुसन्धानमा हुने कुनै असर नपर्ने बताएका छन् । अमेरिकी कांग्रेसका विशेष काउन्सुल रोबर्ट मुलरको नेतृत्वमा एफबीआइ र राष्ट्रपतिमाथि अनुसन्धान भैरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);