टर्कीद्वारा सिरियाको लडाकु विमानमाथि आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

टर्कीद्वारा सिरियाको लडाकु विमानमाथि आक्रमण

turkye shoots syrian jets

एजेन्सी, १९ फागुन । टर्कीले सिरियाका लडाकू विमानमाथि गोली प्रहार गरेको छ । सिरियाको उत्तरपश्चिम इडलिबमा टर्कीले दुई वटा सरकारी लडाकू विमानमा आक्रमण गरेको हो । टर्कीको रक्षा मन्त्रालयका अनुसार विमान क्षतिग्रस्त भएपनि कुनै मानविय क्षति भएन ।

टर्कीले सिरियाविरुद्ध सैन्य कारवाहीको घोषणा गरेलगत्तै आक्रमण भएका समाचारमा जनाइएको छ । आक्रमणका कारण सिरियाली सेनाको अल नायाराब विमानस्थल र अलेप्पो शहर प्रभावित भएको थियो ।

बढ्दो तनावकाबीच सिरियाली सरकारले हवाइ मार्गहरु बन्द गरेको छ । रसियन वायू सेनाको समर्थन पाएको टर्कीले पछिल्लो पटक सिरियामा हमला गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);