टर्कीका मन्त्रीमाथि प्रतिबन्ध लगाएको अमेरिकाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

टर्कीका मन्त्रीमाथि प्रतिबन्ध लगाएको अमेरिकाको घोषणा

US sanctions turkey

एजेन्सी, २८ असोज । अमेरिकाले टर्कीका मन्त्रीहरुमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । टर्कीले सिरियाको उत्तरी सिमामा कुर्द लडाकू विरुद्ध सैन्य आक्रमण जारी राखेको विरोधमा अमेरिकाले टर्किका मन्त्रीहरु र वरिष्ठ सरकारी पदाधिकारीमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले जारी गरेको विज्ञप्तीमा टर्कीका रक्षामन्त्री हुलुसी आकार, गृहमन्त्री सुलेमान सोयलु र उर्जामन्त्री फाती डोन्मेजलाइ अमेरिकाले निषेध गरेर कालो सूचीमा राखेको उल्लेख छ । अमेरिकामा रहेको उनिहरुको सम्पत्ति रोक्का गरिएको र उनिहरुको अमेरिकी संस्था र अमेरिकी नागरिकसंग भएको आर्थिक लेनदेनमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका समकक्षी रेसेप त्याइप इर्डाेगानलाइ फोन गरेर उत्तरी सिरियामा सैन्य आक्रमण रोक्न दवाव दिएको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जानकारी दिएका छन् । अमेरिकाले सिरियाको उत्तरी सिमामा रहेका आफना सेना फिर्ता गर्ने निर्णय गरेपछि त्यसको फाइदा उठाउँदै टर्कीले कुर्दिश लडाकुबिरुद्ध आक्रमण गरेको जनाएको छ ।

अमेरिकाले कुर्दिश लडाकुबिरुद्ध आक्रमण गरे टर्की बिरुद्ध आर्थिक नाकाबन्दी गर्ने चेतावनी दिदै आएको छ । कुर्दिश लडाकुले सिरियामा रहेका बिद्रोही ईस्लामिक स्टेट आइएसआइका लडाकुमाथि अमेरिकाले गरेको कारवाहीलाई समर्थन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);