अमेरिकाद्वारा हङकङकी प्रमुख कार्यकारी लामसहित १० उच्च अधिकारीमाथि प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अमेरिकाद्वारा हङकङकी प्रमुख कार्यकारी लामसहित १० उच्च अधिकारीमाथि प्रतिबन्ध

एजेन्सी, २४ साउन । अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित १० उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । हङकङमा चीनले नयाँ सुरक्षा कानून लागू गरेको विरोधमा अमेरिकाले प्रमुख कार्यकारी क्यारी लामसहित १० उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।

अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले लामसहित १० चिनियाँ उच्च अधिकारीलाई प्रतिबन्धको घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । मेनुचनले अमेरिका अहिले पनि हङकङका नागरिकको स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्नुभएको छ । अमेरिकाको प्रतिबन्धमा लामसँगै हङकङका प्रहरी कमिश्नर तथा राजनीतिक अधिकारीहरु छन् ।

अमेरिकाले लाममाथि स्वतन्त्रता र प्रजातान्त्रिक अभ्यास विरुद्ध चीनको नीति लागू गरेको आरोप लगाएको छ । कोरोना भाइरसको महामारी, चीनले उइगर समुदायमाथि गरेको दमन लगायतका विषयलाई लिएर पछिल्लो समय अमेरिका चीनविरूद्ध आक्रामक बन्दै गएको छ ।

यसअघि चीनले नयाँ सुरक्षा कानून लागूगरेको विरोधमा अमेरिकाले हङकङलाई दिदै आएको विशेष दर्जाको मान्यता पनि खारेज गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);