चीन, रुस र इरानले राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्न खोजेको अमेरिकाको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चीन, रुस र इरानले राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्न खोजेको अमेरिकाको दावी

एजेन्सी , २४ साउन । अमेरिकाको गुप्तचर निकाय काउन्टर इन्टलिजेन्सले चीन, रुस र इरानले अमेरिकी राष्ट्रपति चुनावमा दखल दिने प्रयास गरेको दावी गरेको छ । अमेरिकाको काउन्टर इन्टलिजेन्सका निर्देशक विलियम एभनिनाले वक्तव्य जारी गरी चीन, रुस र इरान ‘गुप्त र खुला रुपमा’ अमेरिकी राष्ट्रपतिका चुनावलाई प्रभावित पार्न प्रयासमा रहेको दाबी गर्नु भएको हो ।

निर्देशक एभनीनाको वक्तव्यमा ती राष्ट्र चुनाव कुनै एक उम्मेदवारले जितोस् भन्ने चाहना रहेको उल्लेख छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिको उमेद्वार रहनु भएको छ ।

यसअघि सन् २०१६ को चुनावमा रुसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहयोग हुने गरी दखल गरेको अमेरिकी गुप्तचर निकायहरुले बताएका थिए । तर रुसले भने उक्त कुरा अस्वीकार गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);