ट्रम्पद्वारा इरानसँगको परमाणु सम्झौताबाट अलग भएको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ट्रम्पद्वारा इरानसँगको परमाणु सम्झौताबाट अलग भएको घोषणा

Trump-Iran-Deal

एजेन्सी, २६ बैशाख । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट अलग भएको घोषणा गरेका छन् । ट्रम्पको घोषणालाई पूर्वराष्ट्रपति बाराक ओबामाले भने ठूलो गल्ती भएको टिप्पणी गरेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने अमेरिकी फैसलाको स्वागत गरे ।

इरानसँग भएको परमाणु संझौताबाट अमेरिका अलग भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले संसारलाई आंखामा छारो हाल्दै परमाणु कार्यक्रम जारी नै राखेको दाबी गरे । ट्रम्पको घोषणाप्रति मिश्रित प्रतिक्रिया आएको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाको निर्णयलाई कडा शब्दमा आलोचना गरेका छन् । राष्ट्रपति रुहानीले युरोप , रुस र चिनसँग यो विषयमा छलफल गर्ने बताउदै परमाणु संझौतामासामेल अन्य देशसंग कुराकानीकालागि केही समय पर्खिने बताए । इरानले भने पहिले भन्दा बढी युरोनियमलाई सम्बर्धन गर्ने स्पष्ट पारेको छ ।

इजराइलका प्रधामन्त्री बेंजामिन नेतन्याहुले ट्रम्प प्रशासनको फैसलालाई स्वागत गर्दै ट्रम्पको निर्णयलाई साहसिक कदम भएको बताएको छ । जबकी अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले ट्रम्पको निर्णयलाई ठूलो गल्ति भएको बताउदै यसरी संझौतालाई रद्द गरेपछि अमेरिकाको विश्वसनियता समाप्त हुने उल्लेख गरे ।

उता रुसले पनि राष्ट्रपति ट्रम्पको निर्णयलाई निरासाजनक भएको प्रतिक्रिया दिएको छ । फ्रान्सका राष्टपति एमानुएल मैक्रोले राष्ट्रपति ट्रम्पको निणर्यप्रति दुःख व्यक्त गर्दै इरानसंगको परमाणु संझौता रद्द गरेपछि रुस, जर्मनी र बेलायत निरास बनेको प्रष्ट गरेका छन् ।

सन् २०१५ मा अमेरिकामा बराक ओबामा राष्टपति छदा अमेरिका , बेलायत ,रुस, चिन , फ्रान्स र जर्मनी मिलेर इरानसंग परमाणु संझौता गरेको थियो । संझौतापछि इरानले आफ्नो युरेनियम भण्डारलाई घटाउने तथा परमाणु संयन्त्रलाई निगरानीका निम्ति खुला गर्ने सहमति भएको थियो । इरान परमाणु संझौतामा बाँधिएपछि त्यसको सट्टामा उसमाथि लगाइएको आर्थिक प्रतिबन्ध खुकुलो पार्नु थियो । तर, अमेरिकाले इरानमाथि विश्वास गरेको छैन् ।

अमेरिकी चुनावका बेला राष्पति टम्पले इरानसंगको परमाणु सम्झौताको आलोचना गर्दै इरान परमाणु संझौताको गलत प्रयोग गरिरहेको आरोप लगाएको थियो । ट्रम्पले त इरानले सिरिया ,यमन र शिया लडाकुलाई मात्र होइन हिजबुल आतंकी संगठनलाइ पनि हतियार आपूर्ति गरेको आरोप लगाउदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);