परमाणु हतियार बनाउने प्रयास जारी राखेको इजरायली प्रधानमन्त्री नेतान्याहुको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

परमाणु हतियार बनाउने प्रयास जारी राखेको इजरायली प्रधानमन्त्री नेतान्याहुको आरोप

israil pm

एजेन्सी, १८ बैशाख । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले परमाणु हतियार बनाउन प्रयास नगरेको इरानको दाबी झुटो भएको बताएका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्नो मुलुकले प्राप्त गरेका हजारौं गोप्य दस्तावेजअनुसार इरानले पूरै विश्वलाई ढाँटेको बताए । दस्तावेजलाई गोप्य परमाणु फाइलको नाम दिँदै नेतन्याहुले विश्वलाई ढाँटेर ईरानले परमाणु हतियार बनाउने कोशिस गरिरहेको आरोप लगाए । उनले गोप्य परमाणु फाइल अमेरिका र अन्तराष्ट्रिय उर्जा एजेन्सीलाई उपलब्ध गराउने बताए । इरानका विदेशमन्त्री जावेद जरीफले भने नेतन्याहुको आरोप अस्वीकार गरेका छन् ।

उनले इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानसँग परमाणु सम्झौता तोड्ने अमेरिकी राष्ट्रपतिको चाहनालाई पूरा गर्नका लागि मद्दत गर्न पछिल्लो दाबी प्रस्तुत गरेको आरोप लगाए । परमाणु कार्यक्रमलाई लिएर इरान र अमेरिकाबीच सन् २०१५ मा भएको सम्झौतामा इरानले आफ्नो परमाणु कार्यक्रम बन्द गर्ने र यसको बदलामा उसमाथिको प्रतिबन्ध हटाउने उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौतालाई खराब सम्झौता भन्दै रद्द गर्ने चेतावनी दिंदै आएका छन् । युरोपेली मुलुकले भने इरानसँगको परमाणु सम्झौता कायमै राख्नु पर्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);