भारत र पाकिस्तानले पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारत र पाकिस्तानले पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्ने

एजेन्सी, १८ वैशाख । भारत र पाकिस्तानले स्वतन्त्रभएपछि पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । आगामी सेप्टेम्बरमा रुसमा हुने बहुराष्ट्रिय आतंकबाद विरुद्धको मिसनमा यी दुई राष्ट्रका सेनाले संयुक्त अभ्यास गर्ने छन् ।

अभ्यासमा यी दुई राष्ट्रको अतिरिक्त एससीओ संगठनमा आबद्ध रुस, चीन, क्रिगिज रिपब्लिक, काजकिस्तान र उज्वेकिस्तानको सहभागिता रहनेछ ।

बेलायती उपनिबेशवाट एकदिन अघि र पछि मुक्ति पाएका भारत–पाकिस्तानले स्वतन्त्रता प्राप्त गरेपछि पहिलोपटक एकैसाथ सैन्य अभ्यास गर्ने भएका हुन् । यद्यपी यो सैन्य अभ्यास यी दुई राष्ट्रबीचको मात्र भने होइन ।

बहुराष्ट्रिय आतंकबाद बिरोधी मिसन अन्र्तगत एससीओ संगठनमा आबद्ध राष्ट्रहरुका सेनाबीच आगामी सेप्टेम्बरमा रुसमा हुने संयुक्त अभ्यास भारत र पाकिस्तानका सेना सहभागि हुने भएका हुन् ।

यी दुबै देशले संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा एकैसाथ काम गरिसकेका छन् । नेटोमा आवद्ध राष्ट्रहरुको मुकाबिला गर्न चीनको नेतृत्वमा गठित सांघाइ सहयोग संगठन एससीओ नामक संगठन सन् २००१ मा गठन गरिएको थियो ।

सो संगठनमा रुसको प्रस्तावमा भारत र चीनको प्रस्तावमा पाकिस्तानलाई पछिल्लो बर्ष सदस्यता प्रदान गरिएको छ । यस अघि सन २००५ मा यी दुबै राष्ट्र पर्यबेक्षकका रुपमा मात्र सामेल थिए ।

यस अघि भारत–चीनसँग संयुक्त सैन्य अभ्यास गरेको थियो । तर, दुबै देशबीच डोक्लाम तनावपछि सो युद्ध अभ्यास स्थगित गरिएको थियो । सैन्य अभ्यासले सैनिकहरुलाई पुनरताजगी र कार्यक्षेत्रमा जागरुक भइ काम गर्ने प्रेरित गर्दछ ।

यो सैन्य अभ्यास रुसको दुर्गम स्थल युराल पहाडी क्षेत्रमा गरिने जनाइएको छ । बेइजिङमा सम्पन्न एससीओ रक्षामन्त्रीहरुको बैठकपछि भारतका रक्षामन्त्री निर्मला सितारमणले यो कुराको पुष्टि गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);