९२ बर्षिय पूर्वप्रधानमन्त्री महाथिरको पार्टीलाई बहुमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

९२ बर्षिय पूर्वप्रधानमन्त्री महाथिरको पार्टीलाई बहुमत

mahathir mohomat

काठमाडौं, २७ बैशाख । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदले छ दशकदेखि सत्तामा रहेको दललाई पराजित गरेका छन् ।

महाथिरले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा पराजित गरेर पुनरागमन गरेका हुन् । सरकार गठनका लागि १ सय १२ सिट आवश्यक पर्ने भएकोमा महाथिर नेतृत्वको विपक्षी दलले १ सय १५ सिट जितेको छ । महाथिरले पराजित गरेको दल बारिसन नाशिओनल पार्टी बर्षौंसम्म उनले नै नेतृत्व गरेको पार्टी हो । ९२ बर्षीय महाथिरले केही वर्ष पहिले राजनीतिबाट सन्यास लिएका थिए ।

तर प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारमा मुछिइ नागरिकहरुको जीविकोपार्जन महङ्गो र जातीय तनाव बढेपछि आफैंले हुर्काएका रजाकलाई चुनौती दिन महाथिरले राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएका थिए । रजाक नेतृत्वको गठबन्धन ७९ सीटमा सीमित भएको छ । २ सय २२ जना जनप्रतिनिधि चयनका लागि भएको १४ औं आम निर्वाचनमा १ करोडभन्दा बढी मतदाताले भाग लिएका थिए । कतिपयले पछिल्लो चुनावी परिणामलाई नाटकीय भनेका छन् ।

चुनावी परिणाम आश्चर्यको विषय भएको विश्लेषकहरुले बताएका छन् । महाथिरको जितले देश स्वतन्त्र भएदेखि सरकारको नेतृत्व गरिरहेको पार्टीको शासनकाल अन्त्य गरिदिएको छ । सरकारको नेतृत्व गर्न लागेका महाथिर विश्वकै वृद्ध नेतामा पर्दछन् । उनले यसअघि सन १९८१ देखि २००३ सम्म प्रधानमन्त्रीका रुपमा २२ वर्ष शासन गरेका थिए । महाथिरको शासनकालमा मलेसियाले तीब्र आर्थिक विकास गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);