भ्रष्टाचार आरोप लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोस युएईमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भ्रष्टाचार आरोप लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोस युएईमा

एजेन्सी, २५ साउन । भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेका बेला देश छाडेका स्पेनका पूर्वराजा ख्वान कार्लोस युनाइटेड अरब इमिरेट्स (युएई) पुग्नुभएको छ ।

गत सोमबार देश छाड्ने घोषणा गर्नुभएका कार्लोस शनिबार युएई पुग्नुभएको हो ।

कार्लोस विशेष विमान मार्फत युएईमा अवतरण गरेको स्पेनिस सञ्चार समूह एनआइयुएसले जनाएको छ । उहाँले अबुधाबीको पाँचतारे होटल इमिरेट्स प्यालेसको एउटा तल्ला नै बुक गरेको बताइएको छ ।

गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले साउदी अरबसँग भएको हाइस्पिड रेलको सम्झौताका विषयमा भएको भ्रष्टाचारको अनुसन्धान सुरु गरेको थियो । कार्लोसले यस प्रकरणमा आफ्नो संलग्नताबारे अस्वीकार गर्दै आउनुभएको छ । ८२ वर्षका पूर्व राजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराइसक्नुभएको थियो ।

फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरिसक्नुभएको छ । यदपी भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध रहेको उहाँले बताउदै आउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);