स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्तेष्टिमा सहभागी हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्तेष्टिमा सहभागी हुने

एजेन्सी । स्पेनका पूर्वराजा जुआन कार्लोेसले रानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । जुआन कार्लोस र उनकी श्रीमतीले सेप्टेम्बर १९ मा महारानीको अन्त्येष्टिमा उपस्थित हुने भएका हुन् अभियोजकहरूले स्पेन र स्विट्जरल्याण्डमा ठगीको आरोपहरू खोज्न थालेपछि पूर्वराजा कार्लोसले अगस्ट २०२० मा स्पेन छोडेरे अबु धाबीमा बस्न थालेका थिए ।

अपर्याप्त प्रमाणका कारण अनुसन्धान खारेज गरिएको थियो । जुआन कार्लोसले आफूमाथि लगाइएका आरोपमा टिप्पणी गर्न अस्वीकार गर्दैै आएका छन् ।

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको निधनमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले समवेदन प्रकट गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);