एसिएन कप फुटबल : जापान फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एसिएन कप फुटबल : जापान फाइनलमा प्रवेश

japan

काठमाडौं, १५ माघ । जापान, एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इरानलाई ३–० ले हराउँदै जापान फाइनलमा पुगेको हो । यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनल खेल भएको थियो । पहिलो हाफसम्म इरान र जापानले गोलरहित बराबरी खेलेका थिए । जापानले तीन वटै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । जापानका लागि दुई गोल ओशाकाले गरे भने एक गोल हरगुचले गरेका थिए ।

जापानले अब उपाधिका लागि कतार र यूएईको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । यसैबीच जापानसँग पराजित भएपछि इरानका प्रशिक्षक कार्लोस क्वीरोजले राजीनामा दिएका छन् । उनले आठ वर्षसम्म इरानको टिम सम्हालेका थिए । उनी रियल मड्रिडका पूर्व प्रशिक्षक समेत हुन् । उनले युएईमा सन् १९७६ पछि पनि इरानलाई पहिलो उपाधि दिलाउन चाहान्थे तर जापानसँग दोस्रो हाफमा इरानले ३ गोल खाएर पराजित भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);