युएईद्वारा नेपाललाई २५५ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युएईद्वारा नेपाललाई २५५ रनको लक्ष्य

nepal-vs-uae

काठमाडौं, १४ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि २५५ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५४ रन जोड्न सक्यो । खराब सुरुवात गरेको युएईका मध्येक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।

पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले २ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङस खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।

नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङस खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।

कप्तान मोहमद नाभिद ११ रनमा अविजित रहे । नेपालका कप्तान पारस खड्का र करण केसीले २/२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ  । नेपालले ८ ओभरमा १ विकेट गुमाएर ४३ रन जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);