युएईकाे नेपाललाई १६९ रनकाे लक्ष्य, सोमपाल र करणले लिए सात विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युएईकाे नेपाललाई १६९ रनकाे लक्ष्य, सोमपाल र करणले लिए सात विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपालसमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ६८ रन मात्र बनाउन सक्यो । युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए । 

नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले युएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो । सोमपालको नाममा चार र करणको नाममा तीन विकेट छ । सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);