इण्डो नेपाल क्रिकेट: आयोजक टिमलाई पराजित गर्दै उपाधि एमएफसी क्लब भारतलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इण्डो नेपाल क्रिकेट: आयोजक टिमलाई पराजित गर्दै उपाधि एमएफसी क्लब भारतलाई

भैरहवा । बुद्धको जन्मस्थल लुम्बिनीमा जारी इन्डो–नेपाल क्रिकेट टुर्नामेन्ट पिएलपिएल सिजन चारको उपाधि भारतको उस्काले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा आयोजक लुम्बिनी नव युवा क्लबलाई एमएफसी उस्का बजार भारतले ५७ रनको अन्तरले जित निकालेको हो । 

लुम्बिनी नव युवा क्लबको आयोजनामा लुम्बिनी विकास कोष परिसर पडरिया खेल मैदानमा सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन जोडेको थियो । जसका लागि मुलायमले ६१, शिवमले ५० र सचिनले ३९ रन बनाएका थिए । बलिङ तर्फ नव युवाका बैतुल्लाहले ४, गणेशले २र रवि यादव, मनौअर खानले १–१ विकेट लिए । 

जवाफी ब्याटिङमा २१४ रनको लक्ष्य पाएको नव युवाले १५ ओभरमा १८७ रनमै समेटिएपछि जित निकाल्न सकेनन् । लक्ष्य पार गर्न नसकेपछि ५७ रनले हार व्यहोरेको टिमका लागि मनौअर खानले ४९, पंकजले २७ र बिट्टुले २४ रनको योगदान गरे पनि जित निकाल्न सकेनन् । 

फाइनल खेलमा उस्काका मुलायम यादव म्यान अफ द म्याचबाट पुरस्कृत भएको क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए ।

नेपालका १६ र भारतका १६ गरी ३२ वटा क्रिकेट टिमले सहभागिता जनाएका थिए । सेमिफाइनल खेलमा आयोजक लुम्बिनी नव युवा क्लबले ग्रान्ड कस्मोलाई र उस्काले सुपर स्टार विजयनगरलाई हराएपछि फाइनलको यात्रा निश्चित गरेको थियो । 

शनिबारका लागि तय भएको फाइनल प्रतियोगितामा भारतको टिम होलीका कारण आउन नसकेकाले शनिबार स्थगित गरी आइतबारका लागि सारिएको थियो । दुई देशीय प्रतियोगितामा चौथो वर्ष भएको हो । प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । 

यस क्षेत्रको सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा नेपाल र भारतबीचको प्रतिस्पर्धाले थप रोमाञ्चक भएको प्रतियोगिताका संयोजक मोहम्मद सरिफले बताए । फाइनलमा नेपाल र भारतको टिम दुवै पुगोस् भन्ने उद्देश्यले सोही अनुसार खेल तालिका बनाइएको थियो । 

उत्साहका साथ सर्वसाधारण खेल हेर्न आएको संयोजक सरिफले भने । यस्तै म्यान अफ द सिरिज प्रविन गिल, वेस्ट ब्याट्सम्यान सचिन, वेस्ट बलर गंगेश कुमारलाई पुरस्कृत गरिएको अध्यक्ष अहमदले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);