प्रधानमन्त्री कप क्रिकेटमा मधेस र वागमतीको पाँचौं जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रधानमन्त्री कप क्रिकेटमा मधेस र वागमतीको पाँचौं जित

काठमाडौं, ११ माघ ||
वागमती र मधेस प्रदेशले बिहीवार प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित निकालेको छ ।
वागमतीले सुदूरपश्चिम प्रदेशलाई ९७ रन र मधेसले गण्डकी प्रदेशलाई १४५ रनले हराउँदै जारी प्रतियोगितामा पाँचौं जित निकालेका हुन् । समान आठ खेलमा समान १० अंक बटुल्दै मधेस र वागमतीले शीर्ष दुईको दाबेदारी प्रश्तुत गरेका छन् । सुदूरपश्चिमको ६ खेलबाट आठ अंकका साथ पाँचौं स्थानमा छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार वागमतीले दिएको दुई सय ४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३०.३ ओभरमा एक सय ५० रनमै अलआउट हुन पुग्यो । वागमतीको बलिङसामु सुदूरपश्चिका ब्याटर चल्नै सकेनन् ।
सुदूरपश्चिमका नरेन भट्ट र किरण ठगुन्नाले समान ४१ रन बनाए । ओपनर खडक बोहराले २१ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । दोस्रो विकेटका लागि नरेन र खडकले ५६ रनको साझेदारी गरे । बागमतीको बलिङमा सूर्य तामाङ र विपिन आचार्यले समान तीन तथा रिजन ढकाल, क्रिजन गुरुङ र सोनु देवकोटाले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओरभमा ९ विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल तयार पारेको थियो । वागमतीका ओपनर आशुतोष घिरैयाले सर्वाधिक ५४ रन बनाए ।
उनले ६२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । कप्तान रित गौतमले ४४ रन, अशोक पौडेलले ३१ रन, सोनु देवकोटाले अविजित २८, रविन जोशीले २४, प्रतिश जिसीले १७ र विपिन आचर्यले १२ रन जोड्दै वागमतीलाई राम्रो योगफलतर्पm अग्रसर गराए । दोस्रो विकेटका लागि आसुतोष र रितले ७६ रनको साझेदारी गरे । सुदूरपश्चिमको बलिङमा नारायण जोशी र शेर मल्लले समान तीन, विकाश आग्रीले दुई तथा मिलन बोहराले एक विकेट लिए । कीर्तिपुरमा भएको खेलमा अनिल साहको शतकीय प्रेरणामा मधेसले गण्डकी प्रदेशमाथि एक सय ४५ रनको जित निकाल्यो ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मधेसले दिएको तीन सय ३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा एक सय ९० रनमै समेटियो । गण्डकीका ईश्वर क्षेत्री र कमल परियारको समान २७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । मधेसको बलिङमा रञ्जित कुमारले चार र हरिशंक साहले तीन विकेट लिँदै गण्डकीको इनिङ धराशायी बनाए । प्रदीप पासवानले दुई र राजेश यादवले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ३५ रनको योगफल बनायो । ओपनर अनिल साहले १२७ रन जोडे ।
उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । अरनिको यादवले नटआउट ६३ रन, पवन सर्राफले ४० रन, रुपेश सिंहले ३२ रन, मायन यादव र अभिशेक तिवारीले समान २७ रनको योगदान दिँदै मधेसको विशाल योगफल बनाए । गण्डकीका बलर सन्दीप पराजुलीले दुई विकेट लिँदा कृष्ण पौडेल र कमल परियारले समान एक विकेट निकाले । भैरहवामा लुम्बिनी प्रदेशलाई सात विकेटले स्तब्ध बनाउँदै विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो जित निकालेको छ । जितसँगै ६ खेलमा ६ अंक जोडेको एपिएफ छैटौं स्थानमा छ । पराजय व्यहोरेको लुम्बिनी पाँच खेलमा दुई अंकका साथ नवौं स्थानमा छ । सिद्धार्थ क्रिकेट रंगशालामा बिहीवार लुम्बीनीले दिएको एक सय ३४ रनको लक्ष्य एपिएफले २२.३ ओभरमा तीन विकेट गुमाउँदे भेट्टायो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);