प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी र कर्णालीको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी र कर्णालीको रोमाञ्चक जित

काठमाडौं, ९ माघ ||
गण्डकी र कर्णाली प्रदेशले मंगलवार प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा रोमाञ्चक जित निकालेका छन् । गण्डकीले वागमती प्रदेशमाथि तीन विकेट र कर्णालीले कोशी प्रदेशमाथि ६ विकेटको रोमाञ्चक जित निकालेका हुन् । यो हारले वागमतीलाई शीर्ष दुई स्थानको होडमा धक्का लागेको छ । वागमतीले सात खेलमा चार जित र तीन हार सामना गरेको छ । गण्डकीले भने पाँचौं खेलमा दोस्रो जित निकाल्दै शिर्ष दुईको सम्भावना कायमै राख्यो । यता, कोशीले मंगलवार कर्णालीसँग नतिजा सुम्पिँदै जारी प्रतियोगितामा सातौं हार सामना ग¥यो । कर्णालीले भने ६ खेलमा समान तीन जित र हार आत्मसात गरेको छ । लिगको शिर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्ने तय छ ।
भैरहवामा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लवले पनि मंगलवार सशस्त्र प्रहरी बलको एपिएफ क्लवमाथि चार विकेटको जित निकाल्दै शिर्ष दुईको दाबेदार कायमै राखेको छ । मुलपानी क्रिकेट मैदानमा कोशीले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । कर्णालीका अर्जुन घर्ती ५० रनमा र हिमान्शु शाही २४ रनमा अविजित रहँदै जित दिलाए । विपिन शाहीले २८, निश्चल रावलले २१ र कप्तान रविन्द्र शाहीले १२ रन बनाए । अर्जुनले दोस्रो विकेटका लागि निश्चलसँग ४८ रनको साझेदारी गरे ।
कोशीको बलिङमा हेमन्त राईले तीन र कमल खत्रीले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ३४.३ ओभरमा एक सय ५१ रनमै समेटियो । कोशीका सुजन थपलियाले ७३ रनबाहेक अन्य ब्याटर लामो समय क्रिजमा रहन सकेनन् । उनले ७३ बलमा आठ चौका र चार छक्का प्रहार गरे । सौजन घिमिरेले १२ रन र आइस भट्टराईले ११ रन जोडे । कर्णालीको बलिङमा दिनेश अधिकारीले चार विकेट तथा प्रकाश जैसीले तीन र युनिश सिंहले दुई विकेट लिँदै कोशीको इनिङ धराशायी बनाए ।
अर्को खेलमा वागमतीले कीर्तिपुरमा गण्डकीलाई नतिजा सुम्पिँदा शिर्ष स्थानमा पुग्ने अवसर गुमायो । त्रिभुवन क्रिकेट मैदानमा वागमतीले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभर सकिन तीन बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा ग¥यो । गण्डकीका करण पंगेनीले ७९ रन जोड्दै जितको आधार तय गरे । उनले ९८ बलमा ६ चौका र तीन छक्का हिर्काए । ईश्वर क्षेत्रीले ३६ रन, मुस्कान थापाले २७ रन, कमल परियारले २० रन र समिर कँडेलले १९ रन बनाए ।
पहिलो विकेटका लागि ईश्वर र समिरले ५५ रनको साझेदारी गर्दै राम्रो शुरुवात दिलाए । त्यसपछि किरणले तेस्रो विकेटका लागि मुस्कानसँग ७० रनको साझेदारी गर्दै जितको आधार बनाएका हुन् । वागमतीको बलिङमा प्रतिश जिसीले दुई तथा रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको बागमती ४९.१ ओभरमा एक सय ९८ रनमा अलआउट भयो । बागमतीका ओपनरद्वय आशुतोष घिरैयाले ४४ र ईशान पाण्डेले ४३ रनको योगदान दिए ।
यो जोडीले पहिलो विकेटका लागि ९० रनको राम्रो साझेदारी गरेका थिए । तर, त्यसपछिका ब्याटरले खासै राम्रो साझेदारी गर्न सकेनन् । मध्य क्रमका ब्याटर विपिन आचार्यले ३८ रन जोड्दा अशोक पौडेलले ३० रन, सूर्य तामाङले १५ र कप्तान रित गौतमले १३ रनको योगदान दिए । गण्डकीको बलिङमा कमल परियाले चार विकेट लिए । उनले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चिए । कप्तान विपिन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले एक विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);