युएईले नेपाललाई दियो ११८ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

युएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

काठमाडौं, १९ वैशाख । काठमाडौंको किर्तिपुरस्थित जारी एसिसि प्रिमियर कप अन्तर्गत युएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्दा खेल वर्षाका कारण सोमबार स्थगित भएको थियो ।

सोमबार खेल स्थगित भएपछि आज २७.३ ओभरबाटै खेल सुचारु भएको हो । युएईले ३३.१ ओभरमा ११७ रनमा अलआउट भएको हो । सोमबार युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे । नेपालका लागि सातौं विकेट सन्दीप लामिछानेले दिलाएका थिए ।

उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए भने युएईले २५.४ ओभरमा ७ विकेट गुमाउँदा १०३ रन जोडेको हो ।

रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे । सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झा ले एक एक विकेट लिंदा सन्दीप र करण केसीले २÷२ विकेट लिइसकेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);