सशस्त्र प्रहरी बलको विजयी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सशस्त्र प्रहरी बलको विजयी शुरुवात

पोखरा, १५ माघ । एन्फा कास्कीको आयोजनामा मंगलवारबाट पोखरामा सुरु भएको मनकामना केबुलकार पोखरा कपमा विभागीय टोली सशस्त्र प्रहरी बलले विजयी शुरुवात गरेको छ ।

हिमालय शेर्पालाई २–१ गोल अन्तरले हराउँदै एपीएफले अन्तिम आठमा स्थान बनाएको छ । पहिलो हाफको २५ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिए । उनले डिबक्स बाहिरबाट हानेको बल क्रसबार हुँदै गोलपोष्ट भित्र छिरेपछि अग्रता लिएको थियो ।

शेर्पाका गोलकिपरको बचाउको प्रयास विफल बन्यो । खेलको ७८ औं मिनेटमा एपिएफले डिबक्स भित्र ह्याण्ड भएपछि पेनाल्टीको अवसर पायो । सुदिप सिख्राकारले गोल गर्दै शेर्पाको चुनौती २–१ गोलले पन्छाउँदै एक गोलको अग्रता बनाए ।

शेर्पाले पाएका केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेन । बुधबार दोस्रो दिनको खेल डफिन्स टिम फेमेली क्यामरुन र च्यासल युथ क्लबबीच हुने छ । प्रतियोगिताको बिजेताले ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);