कोरोना कहरबीच अमेरिकामा राष्ट्रपति निर्वाचनको चटारो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कोरोना कहरबीच अमेरिकामा राष्ट्रपति निर्वाचनको चटारो

corona virous

एजेन्सी, २२ भदाै । चीनको वुहानबाट शुरु भएर युरोप हुँदै अमेरिका भित्रिएको कोरोना भाइरसले अमेरिकाको राजनीतिमा कस्तो उथलपुथल ल्याउला सबैका लागि चासोको विषय बनेको छ । अहिलेको अबस्थामा अमेरिकाले जति कोरोना भाइरसका कारणले क्षति व्यहोर्नु परेको विश्वमा अर्को राष्ट्र छैन । यसको सामाजिक आर्थिक क्षतिका बारेमा अहिलेसम्म सहि आंकलन समेत भइसकेको भने छैन । यस्तो अवस्थामा हुन लागेको निर्वाचनको नतिजाप्रति अमेरिकी मात्र होइन विश्वका सबैलाई समेत उत्सुक बनाएको छ ।

चुनावी मैदानमा उत्रिएर पुनःआफूलाई निर्वाचित गराउन आह्वान गर्दै अभियानमा होमिएका रिपब्लीकन उमेद्वार राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना विरुद्ध आफ्नो प्रशासनले समयमा नै महत्वपूर्ण निर्णय लिन सफल भएको दावी गरिरहनु भएको छ । विपक्षी डेमोक्रयाट्सका उमेद्वार जो बाइडेनले भने कोराना समाधानमा ट्रम्प विफल भएको दावीलाई नै चुनावी अभियानको प्रमुख मुद्दा बनाउनु भएको छ । ट्रम्पले आफ्ना समर्थकको माझ महामारीको बेला उपलब्ध स्रोत र साधनबाट कोरानाबाट हुने क्षति निकै कम गर्न सफल भएको दावी दोहो¥याइरहनु भएको छ ।

विपक्षी उम्मेदवार जो बाइडनले भने कोरोना भाइरसका कारण उत्पन्न संकटलाई सम्बोधन गर्न नसकेको भन्दै ट्रम्प प्रशासनको चर्को आलोचनामा आफ्नो ध्यान केन्द्रित गरेको देखिन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनालाई चिनियाँ भाइरसको सङ्ज्ञा दिँदै आप्रवासीसम्बन्धी व्यवस्थाको आलोचना गर्ने मतदातालाई आफ्नो पक्षमा पार्न प्रयासमा हुनुहुनछ । तर बितेका चार वर्षमा ह्वाइट हाउसमा सेवा गरेकाहरु समेत राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको मोर्चाबन्दीमा सामेल भएका छन् ।

अमेरिकाको चुनावमा चासो र चर्चामा रहने नियमित एजेण्डा आप्रवासन, व्यापार, बेरोजगारी, स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण जस्ता घरेलु मुद्दा नै हो । तर यसपाली कोरोना रोकथाम र नियन्त्रणको मुद्दाले अमेरिकी राष्ट्रपतिको टुंगो लगाउने धैरैको अनुमान छ । नोभेम्भर ३ मै ४सय ७० सिटका लागि काँग्रेस र सिनेटमा चुनाव हुँदैछ । तल्लो सदन काँग्रेसको हरेक दुई वर्षमा हुने ४३५ सिटका लागि निर्वाचन हुनेछ भने सिनेटको तीन तहमध्ये एक तहमा विभाजन गरिएको ३५ सिटको पनि त्यही दिन निर्वाचन हुनेछ ।

एक सय सिट भएको सिनेटमा हाल रिपब्लिकन पार्टीको बहुमत रहेको छ । जसमा ५३ जना रिपब्लिकन र ४५ जना डेमोक्र्याट रहेका छन् । अरु दुई जना स्वतन्त्र छन् । कँग्रेसमा भने डेमोक्र्याट पार्टीको बहुमत रहेको छ । यसपटक डेमोक्य्राट्स पार्टी अमेरिकी कंग्रेस र सिनेट दुवैमा बहुमतको वर्चस्व कायम गर्दै ह्वाइट हाउसमा आफ्ना प्रतिनिधि पु¥याउने अभियानमा छन् । तर जनताले कुनपार्टी पार्टीको एजेण्डालाई कसरी आत्मसात् गर्नेछन् त्यसका लागि भने नोभेम्बर ३ तारिख नै कुर्नुपर्ने हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);