टर्कीद्वारा युद्धविराम गर्न अमेरिकाले गरेको प्रस्ताव अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

टर्कीद्वारा युद्धविराम गर्न अमेरिकाले गरेको प्रस्ताव अस्वीकार

turkey rejects ceasefire

एजेन्सी, २९ असोज । उत्तरी सिरियामा आक्रमण रोकेर युद्ध विरामको अमेरिकी प्रस्ताव टर्कीले अस्विकार गरेको छ । टर्कीका राष्ट्रपति रिसेप ताइप एर्डाेगानले सिरियासंग युद्धविराम गर्न अमेरिकीले राखेको प्रस्ताव अस्विकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाका उपराष्ट्रपति माइक पेन्स टर्कीको भ्रमणमा अंकारा पुग्ने तयारीमा रहेको बेला टर्कीका राष्ट्रपति रिसेप ताइप एर्डाेगानले सिरियासंग युद्धविराम नगर्न स्पष्ट गरका हुन् । टर्कीआफ्नो लक्ष्यमा स्पष्ट रहेको भन्दै राष्ट्रपति एर्डोगानले कुनै किसिमको दवावबाट उत्तरी सिरियामा सैन्य कारबाही नरोकीने बताए ।

टर्कीले आतंककारी भन्दै कुर्द लडाकू विरुद्ध उत्तरी सिरियामा जारी राखेको सैन्य आक्रमणबाट त्यस क्षेत्रका हजारौं बासिन्दा विस्थापित भएपछि अमेरीकाले युद्ध विरामको प्रस्ताव राकेको हो । टर्कीले सिरियाको उत्तरी सिमामा कुर्द लडाकू विरुद्ध सैन्य आक्रमण रोक्नका लागि दवाव दिन अमेरिकाले टर्किका मन्त्रीहरु र वरिष्ठ सरकारी पदाधिकारीमाथि प्रतिबन्ध समेत लगाइसकेको छ ।

यसैबीच रसियाका राष्ट्रपति भ्लादीमिर पुटीनले टर्किका राष्ट्रपति एर्डोगानसंगको टेलिफोन कुराकानीमा यस विषयमा गम्भिर हुन आग्रह गर्दै मस्कोको भ्रमण गर्न निम्तो दिएका छन् ।

ईस्लामिक स्टेट बिरुद्धको लडाइमा कुर्दिश लडाकुले अमेरिकी सेनालाई सहयोग गर्दै आइरहेका छन् । केही दिन पहिले अमेरिकाले उत्तरी सिरियामा रहेका आफना सेना फिर्ता गर्ने निर्णय गरेसंगै टर्कीले कुर्दिश लडाकुबिरुद्ध आक्रमण शुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);