टर्की र सिरियालाई युद्ध गर्न नदिने रसियाको स्पष्टोक्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टर्की र सिरियालाई युद्ध गर्न नदिने रसियाको स्पष्टोक्ती

RUSSIA

एजेन्सी, २९ असोज । रसियाले टर्की र सिरिया सेनालाइ युद्ध गर्न नदिने स्पष्ट गरेको छ । सिरियाका लागि रसियाका विशेष दुत अलेक्जेन्डर लाभ्रेन्टीभले टर्की र सिरिया सेनाबीच कुनै पनि हालतमा युद्ध हुन नदिने स्पष्ट गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सिरियामा रसियाली सेनाले राष्ट्रपति बासर अल असादको सरकारी सेनालाइ सहयोग गरिरहेको छ । रसियाली सेनाले टर्कीको आक्रमण र सिरियाको अवस्थाको सुक्ष्म अनुगमन गरिरहेको भन्दै रसियाको रक्षामन्त्रालयले युद्ध स्वीकार नहुने स्पष्ट गरेको हो । अहिलेको अवस्थामा टर्की बढी आक्रामक भएको रसियाली दुत लाभ्रेन्टीभको भनाइ छ ।

टर्की र सिरियाबीचको सिमा सम्झौता टर्कीले उल्लंघन गरिरहेको लाभ्रेन्टीभले दावी गरे । यस अघि अमेरिकाले टर्किका मन्त्रीहरुमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । टर्किले सिरियाको उत्तरी सिमामा कुर्द लडाकू विरुद्ध सैन्य आक्रमण जारी राखेको विरोधमा अमेरिकाले टर्किका मन्त्रीहरु र वरिष्ठ सरकारी पदाधिकारीमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । यसको जवाफमा टर्कीका राष्ट्रपति रिसेप ताइप एर्डाेगानले कुनै पनि दवावमा युद्धविराम नगर्ने स्पष्ट गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);