कुर्द फौजलाई सीमाबाट परै राख्ने टर्की र रुसबीच सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कुर्द फौजलाई सीमाबाट परै राख्ने टर्की र रुसबीच सहमति

siria-russia

एजेन्सी, ६ कात्तिक । कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट परै राख्ने उद्देश्यसहित टर्की र रुसले सहमति गरेका छन् । टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच छलफल भएपछि उक्त सहमति भएको हो ।

दुवै देशले यो सहमतिलाई ऐतिहासिक भनेका छन् । टर्कीले कुर्द लडाकुहरूलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो। रुस सिरियाका राष्ट्रपति बशर अल–असदको साझेदार हो । उसले सिरियामा भएको विदेशी हस्तक्षेपप्रति चासो प्रकट गरेको थियो । अब टर्की र रुसले सीमामा संयुक्त गस्ती गर्नेछन् ।

झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको बीबीसीले जनाएको छ । विश्लेषकहरूले यसबाट उक्त क्षेत्रमा टर्की र रुसको प्रभावलाई बलियो बनाउने आकलन गरेका छन् । उक्त सहमति भएको घोषणा भएको केही समयपछि टर्कीले सिरियामा पुनः कारबाही गर्नु नपर्ने बताएको छ । यसअघि टर्कीले कुर्द फौजलाई बाहिर जान दिन भन्दै केही दिनका लागि युद्धविराम गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);