टर्कीद्धारा सिरियामा ४५ कुर्द लडाकू मारिएको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टर्कीद्धारा सिरियामा ४५ कुर्द लडाकू मारिएको दाबी

एजेन्सी,२९ पुस । टर्कीका सुरक्षा बलले आफ्ना सैनिकहरू मारिएको बदलामा जवाफी हवाई आक्रमणमा ४५ आतंकवादी मारेको दाबी गरेको छ । आतंकवादीमध्ये ३६ उत्तरी इराकमा सेनाको सीमापार कारबाहीमा मारिएका र उत्तरी सिरियामा नौ जना मारिएका हुन् ।

इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) र सिरियामा यसको शाखा, कुर्दिश पीपुल्स प्रोटेक्सन इकाइहरूलाई निशाना बनाएर हवाई आक्रमणहरू भएको थियो । उत्तरी इराकमा पीकेके आक्रमणमा नौ टर्की सैनिकको हत्या बदला लिन गरिएको बताइएको छ । राष्ट्रपति कार्यालयकाअनुसार शनिवार इस्तानबुलमा एक सुरक्षा बैठक भएको थियो ।

जसमा देशको आतंकवाद बिरोधी रणनीति र लडाईको समग्र मूल्याङ्कन गरिएको थियो । टर्की संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचिवद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारबिरुद्ध बिद्रोह गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);