सिरियामा युद्धबिराम गर्न रुस र टर्की सहमत | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

सिरियामा युद्धबिराम गर्न रुस र टर्की सहमत

syria ceasefire

एजेन्सी, २३ फागुन । रुस र टर्कीले सिरियामा युद्धविराम गर्न सहमति जनाएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भएको सहमतिपछि सिरियाको इडलिबमा जारी सैन्य कारवाही अन्त्य गर्ने सहमति भएको अन्तरासिष्ट्रय सञ्चारमध्यमहरुले जनाएका छन् ।

रुसको राजधानी मस्कोमा भएको सहमतिपछि संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले समस्या समाधानकै लागि युद्धविराम गरेको स्पष्ट पारेका छन् । उनीहरुले आफूहरुको उक्त कदमलाई सिरियाले सदुपयोग नगरे पुनः आक्रमण गर्ने चेतावनीसमेत दिएको बताइएको छ ।

दुवै नेताले इडलिवमा विस्थापित भएका शरणार्थीहरुलाई आफ्नो बासस्थानमा फर्कनसमेत आग्रह गरेको समाचारमा जनाइएको छ । विद्रोहीको कब्जामा रहेको भनिएको सिरियाको इडलिबमा गत डिसेम्बरदेखि टर्कीको सेनाले कारवाही थालेपछि तनाव उत्पन्न भएको थियो ।

रुसी सेनाको समर्थनमा टर्कीले विद्रोहीमाथि कारवाही गर्न भन्दै हमला गर्न थालेपछि एक सय बालबालिकासहित तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ ।त्यसैगरी विद्रोही र टर्कीका सेनाबीच भएको दोहोरो आक्रमणका कारण दश लाख भन्दा बढी सर्वसाधारण विस्थापित भएका जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार सिरियामा नौ वर्षदेखि जारी गृहयुद्धमा मानविय संकट देखा परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);