इजरायल र प्यालेस्टाइनले बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इजरायल र प्यालेस्टाइनले बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने

bethlehem lockdown

एजेन्सी, २३ फागुन । इजरायल र प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छन् । ७ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि इजरायल र प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यो निर्णयसंगै शुक्रवार रातिदेखि प्यालेस्टिनी र इजरायली कसैले पनि बेथ्लिहम नगर छाड्न र पस्न पाउने छैनन । यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागु हुनेछ ।  इजरायलको रक्षामन्त्रालयले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा उक्त निर्णय कडाइका कार्यान्वयन गर्न सेनालाई आदेश दिएको छ ।

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्नका लागि वेस्ट ब्यांकमा एक महिने संकटकाल घोषणा गरेका छन् ।

यसैबीच अमेरिकी माथिल्लो सदन सिनेटले कोरोना भाइरस संक्रमण रोक्ने प्रयासका लागि ८ दशमलव ३ अर्ब डलर बराबरको बजेट स्वीकृत गर्ने एउटा आकस्मिक विधेयक पारित गरेको छ । तल्लो सदनबाट पारित भइसकेको उक्त विधेयक अब राष्ट्रपति डोनल्ड ट्रम्पसमक्ष हस्ताक्षर गरी लागु गर्नका लागि पठाइने छ । कारोनाबाट अमेरिकामा १२ जनाको मृत्यु भइसकेको छ ।

इटलीमा हालसम्म कोरोना भाइरसबाट १ सय ४८ जनाको मृत्यु भएको छ । वेलायत र स्वीजरल्याण्डमा पनि १–१ जनाको मृत्यु भएको छ । डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ । त्यस्तै शुक्रबार बिहानसम्म विश्वमा ९८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);