Our Network

माघ १० २०७८, सोमबार

टर्कीमा सत्तारुढ र विपक्षी सांसदबीच कुटाकुट

turkey parliament fight

एजेन्सी, २३ फागुन । टर्कीको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच कुटाकुट भएको छ । सिरियाको उत्तरपश्चिम प्रान्तमा टर्कीको सैन्य संलग्नतामाथि प्रश्न उठेपछि उत्पन्न विबाद बढेपछि सत्तारुढ र विपक्षी सांसदहरुबीच हात हालाहाल भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

विपक्षी सांसद इन्गीन ओजकचले उत्तरपश्चिम प्रान्तमा टर्कीको सैन्य संलग्नतालाई लिएर राष्ट्रपति रेसेप तैयिप एर्दोगानको आलोचना गरेपछि विवाद उत्पन्न भएको थियो ।

सिरियामा मारिएका टर्कीका सेनाको सम्मान नभएको विपक्षी सांसदहरुको आराप छ । आक्रोसित सांसदहरुले बैठक कक्षमा कुर्सी प्रहार गरेको जनाइएको छ ।

विपक्षी दलले गत हप्ता सिरियाको इडलिबमा मारिएका टर्कीका सैनिकको अपमान गर्ने अभिव्यक्ति दिएको आरोप लगाएको छ । गतहप्ता सिरियाली सेनाको हवाइ कारवाहीमा ३४ जना टर्कीस सैनिकको मृत्यु भएको थियो ।