पूर्वी सिरियाको देर अलजोर प्रान्तमा लडाकु र रुसी सैनिकबीच भिडन्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पूर्वी सिरियाको देर अलजोर प्रान्तमा लडाकु र रुसी सैनिकबीच भिडन्त

rusi sainik hamala

काठमाडौं, १४ जेठ । पूर्वी सिरियाको देर अलजोर प्रान्तमा लडाकुहरूले हमला गर्दा चार जना रुसी सैनिकको ज्यान गएको छ ।

सिरियाली सेनाको बन्दोबस्तीका सामान लिएर गइरहेका बेला विद्रोहीले हमला गर्दा दुई सैनिक र दुई सैन्य सल्लाहकारको ज्यान गएको हो । हमलामा परी घाइते भएका तीन जनाको रुसी सैन्य अस्पतालमा उपचार भइरहेको छ । रुसी रक्षा मन्त्रालयले आफ्नो फौजले ४३ जना विद्रोहीलाई मारिदिएको जनाएको छ ।

सिरियाली सेनाले देर अल जोर शहरलाई गत नोभेम्बर महिनामा आफ्नो नियन्त्रणमा लिएको थियो । तर उक्त प्रान्तमा इस्लामिक स्टेट लडाकु समूह अझै पनि सक्रिय छ । सिरियाली गृहयुद्धमा हालसम्म ९० जना रुसी सैनिकको ज्यान गएको बताइएको छ । सन् २०१५ को सेप्टेम्बरमा सिरियाली राष्ट्रपति बसर अलअसदको समर्थनमा रुसले सिरियामा सैन्य हस्तक्षेप गरेयता कैयौं सैन्य ठेकेदारहरूको पनि ज्यान गएको छ ।  सिरियामा सात वर्ष लामो युद्धका क्रममा चार लाखभन्दा धेरै मानिस मारिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);