सीमा क्षेत्रमा शान्ति कायम गर्न अफगानिस्तान र पाकिस्तान सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सीमा क्षेत्रमा शान्ति कायम गर्न अफगानिस्तान र पाकिस्तान सहमत

एजेन्सी, १४ जेठ । अफगानिस्तान र पाकिस्तान सीमा क्षेत्रमा शान्ति स्थापनाका लागि सहकार्य गर्न सहमत भएका छन् । दुुबै देशका सैन्य र गुुप्तचर अधिकारीहरुबीच पाकिस्तानको रावलपिण्डी स्थित सैनिक मुुख्यालयमा भएको बार्तापछि सो सहमती भएको हो ।

अफगानिस्तान र पाकिस्तानले दुुबैतिर बढ्दै गएको आतंकबादी गतिविधिलाई नियन्त्रण गर्दै सीमा क्षेत्रमा शान्ति स्थापनाका लागि सहमति जनाएका छन् । रावलपिण्डीस्थित सेनाको मुुख्यालयमा भएको दुुबै देशका सैन्य र गुुप्तचर अधिकारीबीचको बार्ता पछि सहमती भएको हो ।

वार्तामा अफगान प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रिय सुरक्षा सल्लाहाकार मोहम्मद हनिफ अतमारले गरेका थिए । त्यस बखत पाकिस्तानका सेना प्रमुख जनरल कमर जाबेद बाजवाले एक अर्काको भूमि आतंकबादीलाई प्रयोग गर्न नदिने प्रतिवद्धता ब्यक्त गरे ।

अफगानिस्तानमा पटक–पटक हुने आतंकबादी आक्रमणका लागि आक्रमणकारी पाकिस्तानमा लुुक्ने गरेको आरोप पाकिस्तानले खेप्दै आएको छ । जवकि पाकिस्तानले यो आरोपको खण्डन गर्दै आएको छ ।

यसैबीच अफगानिस्तान र पाकिस्तानी सुुरक्षाकर्मीबीच आइतवार सीमावर्ती क्षेत्रमा भिडन्त हुुँदा ६ जना सुुरक्षाकर्मीले ज्यान गुमाएका थिए । घटनामा पाँच जना घाइते भएको बताइएको छ ।

अफगानिस्तान र पाकिस्तानबीच ब्रिटीस शासकले सन १८९६ मा २४ सय किलोमिटर सीमा रेखा कायम गरेको थियो । तर, अफगानिस्तानले त्यो सीमा रेखालाई स्वीकार गरेको छैन । जसका कारण बेलाबखत दुुबैदेशबीच बिवाद र तनाव उत्पन्न हुुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);