सिरियामा बिद्रोहीहरुको अन्तिम पकड रहेको इदलिव प्रान्तमा रुसी सेनाद्धारा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिरियामा बिद्रोहीहरुको अन्तिम पकड रहेको इदलिव प्रान्तमा रुसी सेनाद्धारा आक्रमण

russia attaract

एजेन्सी, २० भदौ । रुसी लडाकु विमानहरूले सिरियास्थित विद्रोहीको कब्जामा रहेको अन्तिम पकड क्षेत्र इदलिब प्रान्तमा गोलाबारी गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन ।

सो क्षेत्रमा भएको हमला पुष्टि भएमा ती हवाइ हमलाहरू तीन हप्ता लामो संघर्षविरामपछि भएका पहिलो हमलाहरू हुनेछन । सिरियाली राष्ट्रपति बसर अल असदपक्षीय सैन्य फौजले सो क्षेत्रमा एउटा ठूलो हमला गर्न लागेको ठानिएको छ । पश्चिमी इदलिबमा भएका श्रृंखलाबद्ध हवाइ हमलाहरूका क्रममा पहाडका टुप्पाहरू तथा गाउँहरू लक्षित हमला भएको जनाइएको छ ।

यूकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्स ले रुसी लडाकु जेट विमानहरूले पश्चिमी इदलिबस्थित विद्रोहीको कब्जामा रहेका १६ स्थानहरूमा हमला गरेको जनाएको छ । सामाजिक संजाल, ट्वीटर, मार्फत अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इदलिबमा गैरजिम्मेवारपूर्ण हमला नगर्न सिरियाली राष्ट्रपति असदलाई चेतावनी दिएका थिए । सो क्षेत्र लडाइँतर्फ धकेलिए लाखौँ मानिसहरूको ज्यान जान सक्ने ट्रम्पले बताएका छन ।

तर क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोफले त्यस्तो चेतावनीलाई अस्वीकार गर्दै सिरियाली सेनाले इदलिबबाट आतंकवादलाई निर्मूल पार्ने तयारी गरिरहेको बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);