सिरियाको सरकारी सेना ठूलो आक्रमणको तयारीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिरियाको सरकारी सेना ठूलो आक्रमणको तयारीमा

एजेन्सी, १९ भदौ । सिरियामा राष्ट्रपति बसर अल असदको सरकारले चरणवद्ध आक्रमण गराउने तयारी गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्रोही नियन्त्रित इडलिब प्रान्तमा गैर जिम्मेवार तरिकाले कारबाही नगर्न सिरिया सरकार र सिरियाका सहयोगी रुस तथा इरानलाई ट्विीट गर्दै चेतावनी दिएका छन् ।

सिरियाको सरकारी सेना रुस र इरानको सहयोगमा इडलिब प्रान्तमा ठूलो आक्रमणको तयारीमा जुटेका छन् । इडलिब प्रान्त सिरियाका विद्रोहीहरुको अन्तिम पकड रहेको क्षेत्र हो । इडलिबमा करिब १० हजार विद्रोहीहरु छन् ।

जो सिरियाको सरकारी सेना विरुद्ध लड्दै आएका छन् । रुसका विदेश मन्त्रि सेर्गेइ लाभ्रोभले सर्वसाधारण व्यक्तिहरुलाई सुरक्षा कबच बनाएर विद्रोहीहरुले नाजायज फाइदा उठाइ रहेकोले ती विद्रोहीहरुलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिएका छन् ।

भिडियो हेर्नुहोस् :

युद्धको विभिषिका झेल्दै आएका सिरियाली जनतालाई विद्रोहीहरुले इडलिबमा घेरा बन्दि गरेर राखेका छन् । आक्रमणको जोखिम ब्यहोर्दै आएका सिरियाली जनताले इडलिबमा विद्रोहीको घेरा बन्दिबाट बाहिर निस्किन चाहेका छन् ।

कतिपय सर्वसाधारणहरु जीउज्यानको परवाह नगरी विद्रोहीको घेराबन्दिबाट फुत्किदै भाग्ने गरेका छन् । धेरै जसो विद्रोहीहरु परास्त भैसकेको सन्दर्भमा सिरियाको उत्तरी प्रान्तमा गरिने हमलाबाट नै गृह युद्ध अन्त्य हुन सक्ने सिरिया र त्यसका सहयोगि राष्ट्रहरुको सुरक्षा अधिकारीहरुको तर्क रहेको छ ।

सिरिया युद्धमा विद्रोहीलाई दवाउने नाउँमा सिरिया सरकार र सिरिया सरकारलाई सैनिक सहयोग गर्दै आएका राष्ट्रले रासायनिक आक्रमण गरे अमेरिकाले त्यसको जवाफ दिने अमेरिकी विदेश मन्त्रालयले चेतावनी दिएको थियो ।

त्यसको भोलि पल्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको विद्रोही नियन्त्रित इडलिब प्रान्तमा गैर जिम्मेवार तरिकाले कारबाही नगर्न सिरिया सरकार र त्यसका सहयोगी राष्ट्रहरु रुस र इरानलाई चेतावनी दिएका छन् ।

सिरियामा यस अघि भएको सरकारी आक्रमणमा रासायनिक हतियार प्रयोगबाट असंख्यक मानिसहरु प्रभावित भएको कुरा अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । विगत ७ वर्ष देखि सिरियामा जारी युद्धमा करिब ५ लाख मानिसहरुको मृत्यु भएको छ भने सो युद्धमा बृद्ध र बालबालिकाहरु बढि प्रभावित भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);