एजेन्सी, २४ चैत । सिरियामा सरकारी सेना र विद्रोहीबीच भएको भिडन्तमा १३ जनाको मृत्यु भएको छ । उत्तर पश्चिमी सिरियाको इडलिब र हामा प्रान्तमा भएका घटनामा अन्य समेत घाईते भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।
सिरियाली युद्धको अनुगमन गर्दै आएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरियाको सरकारी सेनाले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तका शरकिब र नेयरब गाउँमा गोलाबारी गरेको थियो । त्यसक्रममा सिरियाली सेनाको गोलाबारीमा ९ जना मारिएका थिए ।
त्यस्तै, सिरियाली विद्रोहीले पनि सिरियाली सरकारको नियन्त्रणमा रहेको हामा प्रान्तस्थित अल मयसाफ गाउँमा गोलाबारी गर्दा विद्रोही तर्फ ४ जना मारिएको सिरियाको मानवअधिकार संगठनको दाबी छ । पछिल्लो समय रुस र टर्कीबीच उत्तर पश्चिमी सिरियामा हिंसा अन्त्य गर्ने विषयमा भएको सम्झौता भएपनि हिंसा भने घट्न सकेको छैन ।




