नाइजेरियाको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहको आक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नाइजेरियाको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहको आक्रमण

naijeria bokoharam

एजेन्सी, १९ भदौ । नाइजेरिको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ४८ पुगेकोे छ ।

सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकहरुको शवलाई जङ्गलका विभिन्न भागबाट उद्धार गरिएको छ । अहिले सम्म आक्रमणमा परि मृत्यु हुने सैनिकको संख्या ४८ पुगेको छ । नाइजेरियाको उत्तरी क्षेत्रमा बलियो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ठूलो सङ्ख्यामा सैनिक अधिकारी मारिएका हुन् ।

सयौँको संख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेका थिय । विद्रोहीतर्फको क्षतिको विवरण भने दिइएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);