सेनाको कमजोरीले नाइजेरियामा सर्वसाधरण मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सेनाको कमजोरीले नाइजेरियामा सर्वसाधरण मारिए

वायु सेनाले माफि माग्यो ५ माघ, काठमाडौँ । नाइजेरियाको वायु सेनाको आक्रमणमा परी एक सय जना विस्थापितको ज्यान गएको छ । नाइजेरियाको वायु सेनाले विस्थापित मानिसको बसोबास रहेको क्याम्पमा हवाई आक्रमण गर्दा धेरैको ज्यान गएको हो ।

सेनाको कमजोरीले नाइजेरियामा सर्वसाधरण मारिए

५ माघ, काठमाडौँ । नाइजेरियाको वायु सेनाको आक्रमणमा परी एक सय जना विस्थापितको ज्यान गएको छ । नाइजेरियाको वायु सेनाले विस्थापित मानिसको बसोबास रहेको क्याम्पमा हवाई आक्रमण गर्दा धेरैको ज्यान गएको हो । बिद्रोही विरुद्धको कारवाहीको क्रममा भुलबस सर्वसाधारण नागरिकमाथि आक्रमण भएको नाइजेरियाली सेनाले दाबी गरेको छ । घटनामा एक सय २० जना घाइते भएका छन् ।

नाइजेरिया तथा क्यामरुनको पूर्वोत्तर सीमा नजिक घटना भएको हो । नाइजेरियाली सेनाले बिद्रोही संगठन बोको हराम विरुद्ध कारवाही अभियान चलाइरहेको छ । बोको हरामका लडाकु सम्झेर आम नागरिकको शिविरमा आक्रमण भएको सेनाका प्रवक्ता मेजर जनलर लकी इराबोरले बताउनुभयो । लडाकु विमानका बिद्रोहीलाई निशाना बनाएको सम्झेको तर भुलबस विस्थापित मानिस बसेको शिविरमा आक्रमण भएको इराबोरले बताउनुभयो । राष्ट्रपति मुहम्मदु बुहारीले घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्त रहन आग्रह गर्नु भएको छ । नाइजेरियाले सेनाले यस्तो गल्ति गरेको यो पहिलो पटक हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);