इजरायलको सिटीअफ लडमा संकटकाल लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

इजरायलको सिटीअफ लडमा संकटकाल लागू

एजेन्सी । इजरायलको सिटीअफ लडमा संकटकाल लागू गरिएको छ । इजरायली र प्यालेस्टाइनी सुरक्षाकर्मीबिच मुठभेड भइरहँदा लड शहरमा इजरायली अरबीहरुले प्रदर्शन चर्काएपछि संकटकाल लगाइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

लडका अधिकारीहरुका अनुसार प्रहरीसँगको मुठभेडमा १२ जना घाइते भएका छन् । यस्तै, सवारीसाधन र धरै घरहरुमा क्षति पुगेको छ । इजरायलले जेरुसलमा रहेको मस्जिदमा प्यालेस्टाइनीहरुलाई दमन गरेपछि दुईदेशबिच फेरि तनाव बढेको हो । प्यालेस्टाइनले इजरायलमा रकेट आक्रमण गरेपछि इजरायलले पनि जवाफमा हवाई आक्रमण गरिरहेको छ ।

इजरालयले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणबाट ठूला घरहरु भत्किएका छन् । इजरायली सेनाले गाजा क्षेत्रमा लडाकूहरु विरुद्ध आक्रमण गरेको जनाएको छ । प्यालेस्टाइनी बिद्रोहीले इजरायली शहर तेल अविवमा मिसाइल आक्रमण गरेको छ । तेल अविवमा १३० वटा मिसाइल प्रहार गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् ।

गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको छ । पछिल्लो पटक भएका हिंसामा कम्तीमा ३१ जनाको ज्यान गएको छ । इजलायल तर्फ तीन तथा प्यालेस्टाइन तर्फ कम्तीमा २८ जनाको ज्यान गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);