इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण बन्दै, हमास विद्रोहीद्वारा इजरायलमाथि दर्जनौँ रकेट प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण बन्दै, हमास विद्रोहीद्वारा इजरायलमाथि दर्जनौँ रकेट प्रहार

एजेन्सी ।  इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण बन्दै गएको छ ।

इजरायलले गरेको हवाइ आक्रमणमा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको, गाजामा ठूलो भवन ध्वस्त भएपछि हमास विद्रोहीहरूले इजरायलमाथि दर्जनौँ रकेट प्रहार गरेसँगै स्थिति तनावपूर्ण बनेकोे हो ।

हप्तौँदेखि इजरायल–प्यालेस्टाइनबीच पूर्वी जेरुसलेममा चर्किएको तनावपछि सुरु भएको संघर्ष मुस्लिम तथा यहुदी दुवैको पवित्र स्थल अल अक्सा मस्जिदसम्म पुगेको छ । इजरायलभित्रै पनि यहुदी तथा अरब समुदायको मिश्रित बसोबास भएका क्षेत्रहरूमा पनि थप हिंसा भड्किएका छन् ।

हिंसाका कारण तीन सय ७४ जनालाई पक्राउ गरिएको इजरायली प्रहरीले जनाएको छ । संघर्ष चर्कँदै गएपछि संयुक्त राष्ट्रसंघले पूर्ण युद्धको चेतावनी दिएको बीबीसीले जनाएको छ ।

सोमवारदेखि संघर्ष निकै चर्किएपछि राष्ट्रसंघले अब पूर्ण युद्धको अवस्था निम्त्याउन सक्ने चेतावनी दिएको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसाले आफू निकै चिन्तित भएको बताएका छन् ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले नेता न्याहुलाई फोन गरेर इजरायलको सुरक्षाप्रति आफ्नो समर्थन रहेको भन्दै दिगो शान्ति पुनर्बहाली हुनपर्नेमा पनि जोड दिनुभएको छ । गत सोमवार यता गाजामा १४ बालबालिकासहित ६५ जनाको ज्यान गइसकेको छ भने इजरायलमा सात जनाको ज्यान गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);