भारतमा ओरालो लागेको दैनिक संक्रमित संख्यामा पुन: वृद्धि, ३ लाख ५२ हजारभन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा ओरालो लागेको दैनिक संक्रमित संख्यामा पुन: वृद्धि, ३ लाख ५२ हजारभन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा कोभिड–१९ संक्रमणदर पुनः केही उकालो लागेको छ । विगत ३ दिन लगातार ओरालो लागेको संक्रमित संख्या पुन केही बढेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ३ लाख ६२ हजार पुगेको छ । योसंख्या अघिल्लो २४ घण्टामा ३ लाख ४८ हजारको हाराहारीमा थियो ।

यो पनि पढ्नुहोस

भारतमा पछिल्लो ३ दिन दैनिक संक्रमित संख्या ओरालो लाग्दै, मृत्यु हुनेको संख्या भने उच्च

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा गरिएका १८ लाख ६४ हजार ५ सय ९४ परीक्षणमध्ये तीन लाख ६२ हजार ७ सय २७ मा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमित संख्या २ करोड ३७ लाख ३ हजार ६ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा संक्रमणका कारण ४ हजार १ सय २० ले ज्यान गुमाएका छन् । योसँगै भारतमा २ लाख ५८ हजार ३ सय १७ संक्रमितको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३ लाख ५२ हजार एक सय ८१ सहित जम्मा संक्रमणमुक्त हुनेको संख्या १ करोड ९७ लाख ३४ हजार ८ सय २३ पुगेको छ ।

कोभिड महामारीको समिक्षा गर्न बुधबार बसेको बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले अक्सिजनको आपूर्ति पहिलो महामारीमा भन्दा तीन गुणा बढाईएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर त्यहाँको राजधानी दिल्ली लगायत ठूला शहरहरुका अस्पतालहरुमा समेत अक्सिजनको चरम अभाव भईरहेका छन् । अक्सिजनकै अभावका कारण कयौं संक्रमितको ज्यान गएको छ ।

अक्सिजनको उत्पादन र वितरणका लागि बुधबार प्रधानमन्त्री कोषबाट ३ सय २२ करोड भन्दाबढी रकम विनियोजन गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

भारतका ३३ भन्दाबढी राज्य र ९० प्रतिशत भन्दाबढी भूभागमा लकडाउन जारी रहेको छ ।
आइ.एन.ए

विश्वका अरु समाचारहरु

इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण बन्दै, हमास विद्रोहीद्वारा इजरायलमाथि दर्जनौँ रकेट प्रहार
इजरायलको सिटीअफ लडमा संकटकाल लागू
कंगोमा शान्ति सैनिकमाथि भएको आक्रमणप्रति राष्ट्रसंघद्वारा दुख व्यक्त
ईजरायली सेनाले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);