कंगोमा शान्ति सैनिकमाथि भएको आक्रमणप्रति राष्ट्रसंघद्वारा दुख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कंगोमा शान्ति सैनिकमाथि भएको आक्रमणप्रति राष्ट्रसंघद्वारा दुख व्यक्त

एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कंगोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको घोर निन्दा गरेको छ । विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध मलावीका एक सैनिकको ज्यान गएको थियो ।

राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा परिषदका सदस्य राष्ट्रहरुले शान्ति अभियानका सैनिकमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानुन बमोजिम युद्ध अपराधका रुपमा लिइने उल्लेख छ । आक्रमणको अनुसन्धान गर्न र अपराधीलाई न्यायको कठघरामा ल्याउन पनि कंगोको सरकारसँग जोेडदार माग गरेको छ।

मोनुस्को नामको उक्त शान्ति अभियानलाई तोकिएका जिम्मेवारी पूरा गर्न र राष्ट्रसंघीय शान्ति सैनिकको सुरक्षालाई ध्यान दिन पनि कंगो सरकारलाई आग्रह गरिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);