कंगोमा विद्रोहीको हमलामा एक नेपाली शान्ति सैनिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कंगोमा विद्रोहीको हमलामा एक नेपाली शान्ति सैनिकको मृत्यु

काठमाडौं । कंगोमा विद्रोहीको गोली लागेर ज्यान गुमाएका नेपाली शान्ति सैनिक अनिल गुरुङ सुर्खेत गुर्भाकोट नगरपालिका(१४ का हुन् । उनी संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत थिए ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका कंगोमा विद्रोहीको गोली लागेर उनी गम्भीर घाइते भएका थिए । गोली लागेर ढलेका उनलाई लगत्तै हेलिकप्टरमार्फत कंगोकै बुनियास्थित लेबल–२ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको हिजो मृत्यु भएको हो ।

प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा खटिएको खोजतलास कारबाहीका क्रममा विद्रोहीले आक्रमण गरेका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार पहिला विद्रोहीको कब्जामा रहेको जमिनबाट उनीहरूलाई धपाएर नेपाली सेना त्यो ठाउँमा पुगेको थियो । त्यही बेला बिद्रोहीले परैबाट हानेको गोली लागेर गुरुङ ढले । ुअपरेसन बालीु नामको सो कार्बाहीका बाँकी सबै सदस्य सैनिक सुरक्षित रहेको सिलवालले बताए ।

कंगोमा शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकको मृत्यु भएकोप्रति संयुक्त राष्ट्र सुरक्षा परिषदले दुःख प्रकट गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);