राष्ट्रसंघका आवासीय संयोजकले भेटे प्रधानसेनापति, कंगोमा मारिएका सैनिक जवानको परिवारलाई सहयोग गर्ने आश्वासन   | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

राष्ट्रसंघका आवासीय संयोजकले भेटे प्रधानसेनापति, कंगोमा मारिएका सैनिक जवानको परिवारलाई सहयोग गर्ने आश्वासन  

काठमाडौं । संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । भेटघाट बुधबार प्रधानसेनापति शर्माको जंगी अड्डास्थित कार्यकक्षमा भएको थियो । ‘भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भेटवार्तामा होवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पु¥याएका योगदानको प्रशंसा गरेका थिए । भेटमा उनले बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने तालिमको अन्तराष्ट्रिय मान्यताको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

उनले कंगो मिशनमा अपरेशन ‘बाली’ को दौरान मंगलबार विद्रोहीले चलाएको गोली लागि मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति संवेदना व्यक्त गरेका थिए । मृतकका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने आश्वासन उनले दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);